लिभरपुलका खेलाडीद्वारा फ्लोड हत्याको विरोध

एजेन्सी, २० जेठ । अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले विरोध जनाएका छन् ।

युरोपियन च्याम्पियन क्लब लिभरपुलका खेलाडीले प्रशिक्षण मैदानबाटै रंगभेलविरुद्ध समर्थन गरेका हुन् ।

सोमबार लिभरपुलका खेलाडीहरूले फ्लोडले न्याय पाउनुपर्ने भन्दै विरोध गरे । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर उनीहरूले विरोध जनाएका हुन् ।

यसअघि जर्मन बुन्डेसलिगाका खेलाडीहरूले पनि सो घटनाको विराधे जनाएका थिए । बुन्डेसलिगाका खेलाडीहरू मोन्चेनग्लाडबाचका मार्कस थुराम, बोरुसिया डर्टमुण्डका जाडोन सान्चो र अच्राफ हाकिमीले पनि सोको विरोध गरेका थिए ।

भित्री टि–शर्टमा ‘जर्ज फ्लोइडका लागि न्याय’ लेख्दै मैदानमा प्रस्तुत भएका थिए । गोल गरेपछि सेलिब्रेसन गर्दै उनीहरूले उक्त टि–शर्ट देखाएका थिए ।

अमेरिकास्थित मिनियापोलिसको सडकमा पुलिसले क्रुरतापूर्वक घुँडाले घाँटी थिचेर हत्या गरेको उनको हत्या गरेको थियो ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकामा रङ्गभेद अझै रहेको र यसको अन्त्य गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शनी सुरु गरिएको थियो ।

रङ्गभेदविरुद्ध, मृतक जर्ज फ्लोडको समर्थन र अमेरिकी पुलिसको क्रुरताविरुद्ध अमेरिकाभरि नै सुरु गरिएको हो ।

Loading...