थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो

विराटनगर,१९ जेठ । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । १३ जना थप भएसँगै नेपालमा एकै दिन २३९ संक्रमित थपिएका छन् । एकै दिन थपिएकाे याे संख्या आजसम्मकै उच्च हाे ।

सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा २ सय २६ संक्रमित थपिएको बताएको थियो ।

साँझ सवा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

सोमबार साँझ संक्रमण पुष्टि भएकाहरु पाल्पाका २ जना, नवलपरासीका १ जना, गुल्मीका १ जना, कपिलवस्तुका ७ जना र रुपन्देहीका २ जना छन् ।

Loading...