बजेटले निजी क्षेत्रको मनोबल बढाउन नसकेको गोल्छाको भनाई

काठमाण्डौ , १९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटले निजी क्षेत्रको मनोबल बढाउन नसक्ने बताएका छन ।

लकडाउन भएपछि अर्थतन्त्रमा परेको असर र उद्योग व्यवसायिका समस्यालाई सम्बोधन गर्ने गरी आगामी बर्षकालागि बजेट नआएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताएका छन ।

लकडाउनले बजारमा सिर्जना भएको तरलता समस्यालाई कम गर्न बजेटले ध्यान नदिएकोले आफुहरुको मनोबल बढ्न नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ ।

लकडाउनमा राहतकालागि पुर्नकर्जाको आकार एक खर्ब पु¥याउने, पुर्नकर्जामा साना तथा मझौला उद्योगी व्यवसायीलाई पहुँच दिने, बैंकको ब्याजदर ५ प्रतिशतमा झार्नुपर्ने, कर्जालाई पुर्नतालिकिकरण गर्नुपर्ने लगायतमा माग निजी क्षेत्रबाट राखिएको थियो ।

तर बजेटले पुर्नकर्जा १ खर्ब पुरयाउने याउने बाहेकका माग सम्बोधन नगरेको गोल्छाले बताए । बाँकी मागहरु मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षामा आफुहरु रहेको उनले बताए ।

Loading...