जापानमा लकडाउनविना नै कोरोना नियन्त्रण

एजेन्सी, १९ जेठ । कारोना संक्रमण फैलिन नदिन विश्वभरि नै लकडाउन लागू भइरहेको बेला जापानमा भने लकडाउनविना नै कोरोना नियन्त्रण भएको हो ।

कोरोना महामारीको बावजुद पनि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन र काममा जान भने रोक लगाइएको थिएन । संक्रमण फैलन थालेपछि मानिसहरुको आवातजावतमा भने केही कमी आएको थियो ।

डब्लुएचओको आग्रहमा जापानले गम्भीर बिरामी परेकाको मात्र जाँच गरेको थियो । कुल जनसंख्याको ०.२ प्रतिशतको मात्र स्वाब जाँच गरिएको थियो ।

धेरै जनाको स्वाब परिक्षण गराएको भनेर प्रधानमन्त्री शिन्जो आबेको आलोचनासमेत भएको थियो । तर, ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्बन्धि रणनीति सफल भएपछि संक्रमण फैलनबाट रोक्न जापान सफल भएको हो ।

Loading...