लकडाउनको क्रममा बालबालिका अधिक समय स्क्रिन हेरिरहेका छन् भने जान्नुहोस् यी कुरा

विराटनगर, १९ जेठ । दिनभरि कार्यालयको काम र घरको काममा ध्यान दिन व्यस्त रहेका आमा बुबाले आफ्नो बच्चाको स्क्रिन टाइममा नियन्त्रण गर्न सकिरहेका छैनन् ।

लकडाउनका कारणले घर बसिरहेका केटाकेटीहरू टिभी, मोबाइल, ल्यापटप आदि जस्ता स्क्रिन हेर्न अत्यधिक समय खर्च गरिरहेका छन् ।

अत्यधिक स्क्रीनबाट निस्किने प्रकाशको जोखिम आँखाको लागि राम्रो हुँदैन ।

यसले आँखाको ड्राईनेस, खुजली, मायोपिया इत्यादि जस्ता समस्या निम्त्याउन सक्छ ।

२ देखि ५ वर्ष बीचको बच्चाको लागि स्क्रिन समय एक दिनमा १ घण्टाभन्दा बढी हुनु हुँदैन । प्राय: बच्चाहरूलाई स्क्रीनमा लगातार एक दुई सेकेन्डका लागि आँखा नझिम्क्याइ हेरिरहेका हुन्छन् । यसो गर्नाले आँखाको पानी कम हुन्छ र आँखा सुक्खा हुन्छ । आँखा धेरै सुक्खा भएमा आँखा सम्बन्धित धेरै जटिलता निम्तिन सक्छ ।

बच्चाहरूले धेरै टाउको दुख्ने वा धमिलो देख्ने गुनासो पनि गर्न सक्छन् । बच्चाहरूलाई आँखा झिम्काइ रहन सम्झाउनुपर्छ ।

घरबाहिर जान नसक्ने भएकोले उनीहरूलाई अरु कुरामा व्यस्त राख्न चुनौती पूर्ण हुन सक्छ ।

बच्चाहरू बोर भइरहेको बेलामा टिभी हेर भन्ने, मोबाइल दिनुको साटो रचनात्मक काममा लगाउने वा पुस्तकहरू पढ्ने जस्ता गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्नुपर्छ ।

बच्चा पढिरहेको वा आफ्नो स्कूल प्रोजेक्ट पूरा गर्दै छ भने, एक पटकमा धेरै लामो समयको लागि स्क्रिनको अगाडि बस्न दिनुभन्दा पनि बीच बीचमा केही समय ब्रेक लिन सिकाउनुहोस् ।

ब्रेक लिँदा आँखालाई आवश्यक पर्ने विश्रामको समय पाइन्छ । बच्चाहरूलाई ग्याजेटहरूको प्रयोगका लागि एउटा समय तालिका बनाउन सकिन्छ ।

ल्यापटप वा फोन प्रयोग गर्दा गलत तरिकामा बस्नाले आँखा साथै जोर्नीहरूलाई पनि हानी हुन्छ ।

ग्याजेटहरूलाई आँखाको स्तरमा राखेर सही तरिकाले बस्न सिकाउनु पर्छ । साथै, स्क्रिनमा पाठको आकार बढाउने, डार्क मोडमा राख्ने गर्दा आँखामा धेरै तनाव पर्दैन ।

Loading...