सञ्चालनको पर्खाइमा अन्तराष्ट्रिय विमानस्थल

काठमाण्डौ , १९ जेठ । लकडाउनको समयमा धावनमार्ग सहित आन्तरिक पुर्ननिर्माण सम्पन्न भएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको पर्खाइमा छ ।

कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्गसँगै आन्तरिक पुर्ननिर्माणको काम सम्पन्न भएपछि अब विमानस्थल सञ्चालनको पर्खाइमा रहेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पटक पटक दबाव दिँदै आएको थियो लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुनसकेको थिएन ।

तर कोरोना संक्रमण रोकथामकालागि सबै उडानहरु प्रतिवन्ध भएपछि निर्माण कार्यले तीब्रता पाएको थियो ।

विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण सम्पन्न भएसँगै सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ । लक डाउनका कारण विदेशबाट सामान ल्याउन नसकिएकाले लाइट लडानको काम थाँती रहेको उहाँले बताउनुभयो ।

धावनमार्ग निर्माण भएपछि विमानहरु सजिलै अवतरण र उडान भर्न सक्नेछन् ।

उनका अनुसार विभिन्न देशमा अलपत्र नागरिकहरुलाई चार्टर गरिएका जहाजहरु मर्फत स्वदेश ल्याउन तयारी भइरहेको छ ।

विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

Loading...