birat ribon

एमसीसी अनुमोदन नभए बिद्युत्त लाइन प्रसारमा बजेट अभाव हुने सांसद मिनेन्द्रको दाबी

Neuro
एमसीसी अनुमोदन नभए बिद्युत्त लाइन प्रसारमा बजेट अभाव हुने सांसद मिनेन्द्रको दाबी

काठमाण्डौ, १९ जेठ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए विद्युत्त प्रशारण लाइन निर्माणकालागि बजेट व्यावस्थापन गर्न समस्या हुने बताएका छन ।

अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले बताइरहेको भएपनि सांसद रिजालले एमसीसी नभए स्रोतको व्यवस्थापन हुन नसक्ने भएकोले प्रसारण लाइन बिस्तार गर्न बजेट समस्या हुने बताएका हुन ।

cura insider

सोमवार संघीय संसदमा बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा बोल्दै सांसद रिजालले प्रश्न गरे ‘‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आएपनि÷नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ?’

एमसीसी पारित नभए प्रसारण लाइन आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने की राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उनले सरकारसँग आग्रह गरे ।

उनले भने , ‘व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल गर्नुहुँदैन ।,

jackson ribon