birat ribon

भारतले संसदभित्र पनि दादागिरि देखाउन थालेको भन्दै नेकपा सांसद चौधरीको आपत्ति

Neuro
भारतले संसदभित्र पनि दादागिरि देखाउन थालेको भन्दै नेकपा सांसद चौधरीको आपत्ति

काठमाण्डौ, १९ जेठ । सरकारको सत्ता र कुठनीतिमा हस्तक्षेप गर्दै आएको भारतले संघीय संसदमा पनि दादागिरी प्रर्दशन गराउन थालेको सांसद गंगा चौधरीले आपत्ति जनाएकी छन ।

सोमवार संघीय संसद बैठकको शुन्य समयमा बोल्दै नेकपाबाट निर्वाचित सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको भन्दै आपत्ति जनाएकी हुन ।
उनले अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने र भारतको दादागिरी स्विकार हुदैन भनिन ।

cura insider

उनले संसदमा भनेकी थिइन ‘‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ र गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमी मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’’

सांसद चौधरीले समाजबादी पार्टीकी सांसद सरिता गिरीको भनाईको कटाक्ष सहित प्रस्ट बिरोध गरेकी थिइन ।

भारतमा जन्मिएर नेपालमा विबाह गरेर आएकी सांसद सरिता गिरीले भारतले पश्चिममा अतिक्रमण गरेको नेपाली भूमीबारे अति राजनिति भएको भन्दै भारतसँग सल्लाह गरेर मात्र कुनैपनि कदम अगाडी सार्न सरकारलाई संसद मार्फत आग्रह गरेकी थिइन ।

उनले सरकारले नयाँ नक्सा सार्वजनिक गरेको कार्यप्रति पनि खुलेर सर्मथन गरेकी छैनन । गिरी पहिले सदभावना आनन्दिदेवी पार्टीकी अध्यक्ष थिइन । पछि संघिय समाजबादीसँग एकता गरेपछि उनी समाजबादी पार्टीकी सांसद भएकी हुन ।

jackson ribon