birat ribon

रुकुम घटनाको विरोधमा दलित संघको प्रर्दशन

Neuro
रुकुम घटनाको विरोधमा दलित संघको प्रर्दशन

काठमाण्डौ , १९ जेठ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै नेपाल दलितसंघले काठमाण्डौमा प्रर्दशन गरेको छ ।

नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरेको हो ।

cura insider

जातिय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताए ।

उनले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

१० बैसाखमा रुकुमको चौरजहारीको सोतीमा अन्तजातिय विबाहको बिषयमा जाजरकोटका ६ जना युवाहरुको हत्या भएको थियो । एक जना अझै बेपत्ता छन भने १२ जना घाइते भएका थिए । घटनाको बिवरोधमा देशभरि विरोध प्रर्दशन हुदै आएको छ ।

jackson ribon