birat ribon

रुकुम घटना र सीमा समस्याबारे संघीय संसदमा निरन्तर आवाज

Neuro
रुकुम घटना र सीमा समस्याबारे संघीय संसदमा निरन्तर आवाज

काठमाण्डौ, १९ जेठ । सीमा अतिक्रमण र रुकुमको चौरजहारीको अमानविय घटनाप्रति संघीय सांसदहरुले निरन्तर आवाज उठाउदै आएका छन ।

प्रतिनिधिसभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमाना अतिक्रमणबारे सांसदहरुले जोडदार आवाज उठाए ।

cura insider

सांसद अतहर कमाल मुसलमानले लिम्यिाधुरा, लिपुलेक र कालापानी समेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताए ।

उनले नक्सा मात्रै जारी गरेर नसकेको हुदैन भन्दै दार्चुला तिंकर सडकको ट्रयाक खोल्ने काम सुरु गर्न माग गरे ।

सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको आरोप लगाइन ।

सांसद घनश्याम खतिवडाले कुटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार नभए पश्चिम काँकडा र पुर्वमा टिष्टासम्मको भूमि दावि गर्नपर्छ भने ।

सांसदचन्दा चौधरीले रुकुम घटनाको विषयमा गृहमन्त्रालय किन चुप लागेको भन्दै दलित भएकै कारण रुकुममा अमानविय घटना घटेको बताइन ।

उनले आक्रोश ब्यक्त्त गर्दै भनिन ‘‘दलितका लागि दलित नै, मधेशीका लागि मधेशी नै, महिलाका लागि महिला नै बोल्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ?’’

सांसद आशाकुमारी विकले जाजरकोटको घटना जातिय विभेदकै कारणले भएको भन्दै संसदिय छानविन समिति गठन गर्न माग गरिन । उनले घाइतेलाई उपचार र पिडितलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन ।

सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताए । उनले अबिलम्ब सर्वदलिय संसदीय छानबिन समिति बनाउन माग गरे ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा सोही ठाउँकी मल्ल थरकी प्रेमीकासँग विबाह गर्न आएका जाजरकोटका नवराज विश्वकर्मा र उनका ५ जना साथीहरुको हत्या गरिएको थियो । १२ जना साथीहरु घाइते भएका थिए । एक जना अझै बेपत्ता छन ।

यस्तै पश्चिम नेपालको दार्चुला जिल्लाको कालापानी , लिम्पियाधुरा , लिपुलेक भूमि भारतले बषौदेखी अतिक्रमण गरेर कब्जा गरेपनि अझै फिर्ता गरेको छैन । सरकारले अतिक्रमित भूमी समावेश गरेर नयाँ नक्सा प्रकाशित गरेको छ ।

jackson ribon