birat ribon

संसदिय समितिबाट छानविन नगराए संघर्ष थाल्ने काँग्रेसको चेतावनी

Neuro
संसदिय समितिबाट छानविन नगराए संघर्ष थाल्ने काँग्रेसको चेतावनी

काठमाण्डौ , १९ जेठ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संसदिय समिति बनाएर पश्चिम रुकुम घटनाको छानविन नगरे कडा संघर्ष थाल्ने चेतावनी दिएको छ ।

cura insider

रुकुम पश्चिमको चौरजहारीमा १० बैसाखमा अन्तर्जातिय विबाहको बिषयमा भएको अराधिक घटना संसदिय समिति बनाएर छानविन नगराए कडा संघर्ष थाल्ने मुख्य प्रतिपक्षी दल काँग्रेसले चेतावनी दिएको हो ।

द्लितहरुमाथि भएको बर्वरतापुर्ण उक्त्त घटनाको संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदिय समितिबाट छानबिन गर्न माग गरेको हो ।

प्रतिनिधिसभामा काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन गर्न सोमवारको बैठकमा माग गरे ।

उनले भने ‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस् । नत्र हामी यो भन्दा कडा कदम चाल्न बाध्य हुनेछौ ।,’

प्रतिनिधिसभामा सोमवारको बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले रुकुम घटनामा संसदिय समिति गठन नगराएको भन्दै उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राख्दै गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए ।

उनका अनुसार गृह मन्त्रीले भेरी नदीमा ज्यान बचाउन हामफाले भनिएका युवाहरुको पोस्टमार्टगर्दा मृतकका पेटबाट पानी नआएकोले उनीहरुलाई पहिले नै मारेर फालिएको शंका पक्का भएको छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा रहेको आफ्नी प्रेमिका सुष्मा मल्लसँग विवाह गर्न घर पुगेका जाजरकोटका नवराव विक र उनका ५ जना साथीहरुको १० बैसाखमा कुटपिटबाट मृत्यु भएको थियो । एक जना साथी अझै बेपत्ता छन भने १२ जना घाइते भएका थिए ।

jackson ribon