कोरोना संक्रमितमा डेंगु देखियो

तुलसीपुर, १८ जेठ । कोरोना संक्रमित डेङ्गु रोग भेटिएको छ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय संक्रमित पुरुषमा डेंङ्गु फेला परेको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि डेंगुको पनि उपचार सुरु गरिएको छ ।

१६ जेठमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा ती युवकको रिपोर्ट पोजेटिभ आएको थियो । रासस

Loading...