सामाजिक दुरी कायम गरि माेरङका जिम क्लब खोल्न माग

विराटनगर, १८ जेठ । कोरोना महामारीका कारण बन्द रहेका जीम क्लबहरु सामाजिक दुरी कायम गरी सञ्चालन गर्न मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनले माग गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै एसोसिएसनले दुरी कायम गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो ।

लकडाउनका कारण जिम क्लबहरु सञ्चालन गर्न नपाउँदा कर्मचारीलाई तलब तथा सेवासुविधा दिन नसकिएको र बिरामीहरुको उपचार समेत प्रभावित भएका कारण उनीहरुले यस्तो माग गरेका हुन ।

फिजियोथेरापी, डाइबिटिज, प्रेसर, डिप्रेसनलगायत अन्य बिरामीले जिम गर्न नपाउँदा समस्या हुने उनीहरुको दाबी छ ।

एसोसिएसनका अध्यक्ष अमलेश कर्ण र महासचिव नविनविक्रम शाहद्वारा दिइएको ज्ञापन पत्रमा क्लबमामा ज्वरो नापेर मात्रै प्रवेश गराउने, साबुन पानीले हात, खुट्टा धुने र सेनिटाइजर प्रयोग गर्ने, ब्यायम सकिएपछि उक्त स्थानलाई सेनिटाइज गर्ने बताएका छन् ।

Loading...