birat ribon

कालापानी लिपुलेक क्षेत्रमा बजेट छुटयाउन सांसदको माग

Neuro
कालापानी लिपुलेक क्षेत्रमा बजेट  छुटयाउन  सांसदको   माग

काठमाण्डौ,१८ जेठ । कालापानी , लिपुलेक क्षेत्रमा पुर्वाधार निर्माण गर्नका लागि बजेट छुटाउन संघीय सांसदले माग गरेका छन ।

cura insider

प्रतिनिधि सभाको आइतबारको बैठकको बजेट छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी, लिपुलेक र क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका हुन ।

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथि छलफल गदै सरकारले आफ्नो भूमी गर्ने निर्णय गरेर संविधान संशोधन विधेयक सदनमा पेश गरेको अवस्थामा पनि त्यो क्षेत्रकालागि बजेट बिनियोजन नएको भन्दै आश्चर्य व्यक्त्त गरे ।

उनले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्रै नभएर वास्तविकतामा पनि फिर्ता ल्याउन बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

उनले अतिक्रमित भूमी व्यवहारिकतामा आफनो बनाउने हो भने सरकारले बाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बनाउनकालागि बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए ।

jackson ribon