विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १८ जेठ । विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर– १२ की एक महिलामा संक्रमण पुष्टि भएको हो ।

काेशी अस्पतालमा परीक्षण गर्दा संक्रमण देखिएकाे अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन ।

संक्रमित ४१ वर्षिय महिला केही दिन अघि भारतबाट आएकी हुन। उनी हाेम क्वारेन्टाइनमा थिइन ।

‘भारतबाट केही दिन अघि आएकाे हाे ।’ वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले भने ‘कोशी अस्पतालमा परिक्षण गरिएकाे थियाे ।’

यो सँगै प्रदेश १ काे राजधानी विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । माेरङमा संक्रमितकाे संख्या ६ पुगेकाे छ । २ जना रतुवामाइ नगरपालिकाका हुन ।

४ जेठमा विराटनगर– ६ की २९ महिला र विराटनगर – १५ का ३६ वर्षिय पुरूषमा कोरोना संक्रमण देखिएको थियो । संक्रमित पुरुष विराटनगर महानगरपालिका सरसफाई कर्मचारी हुन ।

महानगरका अन्य सरसफाई कर्मचारीको कोरोना रिपोर्ट भने नेगेटिभ देखिएको थियो ।

Loading...