आगोले पोलेको स्थानमा नगुर्नहोस् यस्ता गल्ती

धेरै सतर्कता अपनाए पनि आगोमा काम गर्दा कहिले कहिँ पोलिरहेको हुन्छ । चाहे आगोले होस्, बाफ, भाँडा तथा तेलले होस् एक न एक पटक सबैलाई पोल्ने समस्या भएकै हुन्छ ।

पोलेको ठाउँमा मानिसहरूले सुनेकै भरमा वा इन्टरनेटमा देखाइएको विभिन्न प्रयोग गर्न नहुने समानहरू पनि प्रयोग गर्दै आएका छन् ।

कहिलेकाँही पोलेको ठाउँमा उपचार गर्ने क्रममा हामी अन्जानमा यसलाई झन् नराम्रो पारिरहेका हुन्छौं ।

हात वा शरीरको भाग पोलेमा कम्तिमा २० मिनेटको लागी धाराको पानीमा राख्नु पर्छ । पोलेको ठाउँमा बरफ वा चिसो पानी राख्दा यसले हानी गर्न सक्छ ।

पोलेको ठाउँ फोकामा परिणत भएमा यसलाई फुटाउने प्रयास गर्नु हुँदैन । फोकाहरू फुटाएमा संक्रमण हुने सम्भावना हुन सक्छ । सानो जलेको छ भने यसको लागि एन्टिबायोटिक आवश्यक पर्दैन ।

एन्टिबायोटिकले सम्पूर्ण क्षेत्रलाई असर गर्नसक्छ । हाम्रो छालामा स्वस्थ ब्याक्टेरियाहरू हुन्छन् जसले आफै छालालाई निको पार्न सक्छ ।

घाउमा बटर, मेयोनेज वा टुथपेस्ट प्रयोग गर्नाले अझ घाउलाई नराम्रो बनाउन सक्छ ।

यसको सट्टामा एन्टि–माइक्रोबियल क्रिम लगाउन सकिन्छ । घाउले अत्यधिक दुखाइ भएमा दुखाइ हटाउन पेन किलरको प्रयोग गर्न सकिन्छ ।

पोलेको पहिलो तीन दिनसम्म घाउलाई घाममा पर्न दिनु हुँदैन् । घरबाट बाहिर निस्कँदा घाउलाई कभर गर्नुपर्छ । घामको किरणले छाला पोल्न सक्छ ।

सामान्य पोलेको छ भने, घरमा उपचार गर्न सकिन्छ । तर, गम्भीर अवस्थाहरूमा डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।

Loading...