गुजम्यान कोरोना संक्रमणबाट कारण मृत्यु हुने पहिलो फुटबल खेलाडी

एजेन्सी, १८ जेठ । बोलेभियाका फुटबल खेलाडी डेबर्टरोमन गुजम्यानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी पहिलो फुटबल खेलाडी हुन । उनका बुबा र काकाको पनि कोरोना संक्रमण कै कारण ज्यान गएको थियो ।

बोलेभियन फुटबल फेडेरेशन (एफबीएफ) ले गुजम्यानको मृत्यु भएको र मृत्युको कारण कोरोना संक्रमण नै रहेको पुष्टि गरेको छ ।

२५ वर्षीय गुजम्यान बोलेभियाको विश्वविद्यालयको फुटबल क्लब बेनीबाट फुटबल खेल्ने गर्थे ।

बोलेभियाको राष्ट्रिय टोलीको विभित्र उमेर समूहबाट खेलिसकेका गुजम्यान बोलेभियाको शिर्ष क्लब नेसिओनल पोटोसीसँग अनुबन्धनको अन्तिम तयारीमा रहेका थिए ।

खेलकुद पत्रिका मार्काका अनुसार गुजम्यान आफ्ना बुबा बेलिसारियो रोमन र उनका काकासँग सँगै बस्दै आएका थिए । कोरोना संक्रमणको कारण केहि दिन अघि मात्र उनका काका र बुबाको मृत्यु भएको थियो ।

गुजम्यानको मृत्यु प्रति एफबीएफले विज्ञप्तिमा जारी गरी उनलाई श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Loading...