साल्जवर्गकाे च्याम्पियन सेलिब्रेसनमा सामाजिक दुरी

विराटनगर, १८ जेठ । अष्ट्रियन कप फुटबलको उपाधि रेडबुल साल्जवर्गले जितेको छ ।

उपाधिको लागि भएको फाइनल खेलमा अष्ट्रिय लुस्टेनाउलाई ५–० को फराकिलो अन्तरले हराउँदै साल्जवर्गले च्याम्पियन बनेको हो ।

साल्जवर्गको जितमा डोमिनिक सोबोस्जलाई, नोएह ओकाफर, मजिद अशिमेनु, सेकोउ कोइटा र डोमिनिक स्टुमबर्गले समान एक–एक गोल गरे ।

च्याम्पियन बनेको साल्जवर्गले कोरोना महामारीमा अपनाइएको सामाजिक दुरीको नियमको पालना गर्दै सामुहिक रुपमा जितको सेलिब्रेशन गरेको थियो ।

पहिलो पटक २०११–१२ को सिजनमा अष्ट्रियन कप जितेको साल्जवर्ग योसँगै अष्ट्रियन कपको सातौं पटक च्याम्पियन बनेको हो ।

मार्च महिनाबाट फुटबल प्रतियोगिता स्थगित भएको अष्ट्रियामा यसै साताको अन्त्यबाट मुख्य लिग सुरु हुने तयारीमा छ ।

अष्ट्रियन बुन्डेशलिगाका दश चरणका खेलहरु बाँकी रहँदा अष्ट्रियन कप च्याम्पियन साल्जवर्ग दोस्रो स्थानको एलएएसके लिंन्ज भन्दा तीन अंकले माथि छ ।

Loading...