birat ribon

६४ दिनको मेहनतमा नेपालमै कोरोनाविरुद्ध खोप तयार गरेको दाबी

Neuro
६४ दिनको मेहनतमा नेपालमै कोरोनाविरुद्ध खोप तयार गरेको दाबी

हेटौँडा, १८ जेठ । कोरोना भाइरस विरूद्धको खोप तयार गरेको बताउँदै हेटौडाका एक अनुसन्धानकर्ताले परीक्षणको माग गरेका छन् ।

cura insider

हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गर्दै प्रा डा ललितकुमार दासले परीक्षणको माग गरेका हुन ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्राध्यापक डाक्टर दासले ६४ दिनको मेहनतपछि खोप तयार गरेको दाबि गरेका छन ।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाएका थिए ।

सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा लगिने बताए ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्धक जडिबुटीबाट निर्माण गरिएको हो ।

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।

कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरेका छन

कलेजका प्रा दामोदर गैरेले तयार भएको खोप रोग नियन्त्रणमा सहयोगी हुने बताए । छिटो परीक्षण गर्नुपर्ने उनको भनाई छ । रासस

jackson ribon