भारतबाट आएकी महिलाले क्वारेन्टाइनमा जन्माइन छोरी

दुल्लु, १८ जेठ । क्वारेन्टाइनमा बसेकी महिलाले छोरी जन्माएकी छन् । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी महिलाले छोरीलाई जन्म दिएकी हुन ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार राति छोरी जन्माएकी हुन ।

क्वारेन्टाइनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ ।

मीना र उनका श्रीमान् मनबहादु १० जेठमा भारतको कुरदुवारबाट आएका थिए ।

नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिए रासस

Loading...