लकडाउनमा १४ सुुत्केरीको हवाई उद्धार

काठमाडौं, १८ जेठ । लकडाउनकै समयमा प्रसूूति व्यथा लागेर अलपत्र परेका देशभरका १४ महिलाको हवाई उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लकडाउनको असर यसरी उद्धारमा नपार्न भरपुर प्रयत्न भइरहेको बताए ।

मातृशिशु मृत्युदर कम गर्न व्यवस्था गरिएको सो कार्यक्रमबारे स्थानीय तहले पनि सक्रियता बढाउनुपर्ने मन्त्री गुरुङको भनाई छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको कायविधि पारित भएको तीन महिनापछि हुम्लाको चङ्खेली गाउँपालिका–४ की २२ वर्षीया नीरा शाहीको पहिलो उद्धार गरिएको थियो ।

अप्ठ्यारोमा परेका सुत्केरीले आफ्नो वडाध्यक्ष मार्फत प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जानकारी गराएमा यो सुविधा लिन सक्छन् ।

Loading...