कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ ।

शनिबार साँझ सम्पन्न केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संविधान संशोधनको प्रस्तावको कार्यसूची कांग्रेसका कारण हटेको आरोप लागेपछि कांग्रेसलाई निर्णय गराउन दबाब समेत परेको थियो ।

बैठकमा मधेशी मूलका नेताहरूले संविधान संशोधनमा यसबाहेक अन्य विषय समेत समेट्न माग गरेका थिए ।

मधेसी दलहरूले उठाइरहेको संविधान संशोधनको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क राखेका थिए ।

बैठकमा केही नेताले पदाधिकारी बैठकले निर्णय नगरी किन केन्द्रीय समितिको बैठकमा छलफल गराउन परेको भन्दै नेतृत्वलाई प्रश्न पनि तेर्साएका थिए ।

Loading...