विश्वमा कोरोना : ३ लाख ७० हजारको मृत्यु, ६१ लाख बढी संक्रमित

काठमाडौं, १८ जेठ । विश्वमा कोरोना संक्रमणका कारण ३ लाख ७० हजार बढीको मृत्यू भएको छ ।

यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७२ पुगेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार विहान सम्ममा ३ लाख ७० हजार ८ सय ७० जनाले ज्यान गुमाएका छन् ।

हाल सम्म २७ लाख ३४ हजार ५ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ ।

नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ ।

Loading...