थप १२ दिन लम्बियो लकडाउन, असार १६ सम्म विमानस्थल बन्द

काठमाडौं, १७ जेठ । सरकारले लकडाउनलाई थप १२ दिन लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले २० जेठसम्मका लागि ताकिएको लकडाउन ३१ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले असार १६ गतेसम्म विमानस्थल र सीमा नाका बन्द गर्ने पनि निर्णय गरेको छ । सरकारले संक्रमित देखिएकाे स्थान र विदेशबाट अाउने नेपालीकाे व्यावस्थापनमा सेना परिचालन गर्ने निर्णय पनि गरेकाे छ ।

Loading...