सर्वाधिक कमाई गर्ने पहिलाे खेलाडी रोजर, मेस्सी भन्दा रोनाल्डो अगाडी

विराटनगर, १७ जेठ । टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्बाधिक कमाई गर्ने खेलाडी बनेका छन् ।

स्पेनिस खेलाडी लियोनल मेस्सी र पाेर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फेडेरर सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन ।

फोब्सले सार्बजनिक गरेकाे सूचीमा रोनाल्डो दोस्रो र मेस्सी तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा ब्राजिलियन स्टार नेयमार छन । पाँचौं स्थानमा अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्स छन ।

स्वीस खेलाडी फेडेरर १०६.३ मिलियन डलर आम्दाननी गरेका छन । उनको आम्दानीको ठूलो हिस्सा प्रायोजकहरू छन ।

दोस्रो स्थानमा रहेका पोर्चुगल फरवार्ड रोनाल्डोको १०५ मिलियन डलर आम्दानी रहेको छ ।

तेस्रो स्थानमा रहेका मेस्सले १०४ मिलियन डलर आम्दानी गरेका छन । चौथो नम्बरमा रहेका नेयरमारले ९५.५ मिलियन आम्दानी गरेका छन । अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ८८.२ मिलियन डलर आम्दानी गरेका छन ।

जापानी खेलाडी नाओमी ओसाका सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी बनिन् ।

कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएका कारण टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताइएको छ ।

Loading...