क्वारेन्टाइनमा ज्यान गुमाएकी महिलाको रिपोर्ट नेगेटिभ

झिमरूक, १७ जेठ । प्युठानको क्वारेन्टाइनमा १३ जेठमा ज्यान गुमाएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

ती महिलाले लामो समयदेखि भारतमा ब्रेन ट्युमरको उपचार गराइरहेकी थिइन् । रासस

Loading...