इलाममा ट्याक्टर दुर्घटनाः एकजनाका मृत्यु

इलाम, १७ जेठ । ट्याक्टर दर्घटना हुँदा ईलाममा एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका– १ साकेजुङका ३२ बर्षीय योगेश मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको हो ।

शनिबार दिउँसो पौने २ बजे ईलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर ढुंगा लिन जाने क्रममा बाटोदेखि अन्दाजी ३० फिट तल खस्दा ट्याक्टर चालक मगर गम्भिर घाईते भएका थिए ।

उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकास राई घाईते भएकोमा उनीहरुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको छ ।

Loading...