२७ संक्रमितलाई भर्ना नगरेपछि सामाजिक विकास मन्त्री घिमिरे धरानमा

लापरवाहीको पराकाष्ठा

विराटनगर,१७ जेठ । झापाबाट शुक्रबार राति पठाइएका कोरोना संक्रमितलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भर्ना नगरेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान पुगेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट पठाइएका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नगरेपछि रातभर गाडीमै बसेका थिए ।

खाली रहेको बेडमा भर्नाका लागि पठाइएका संक्रमितलाई भर्ना नगरेपछि शनिबार बिहान सामाजिक विकास मन्त्री घिमिरे धरान पुगेका हुन ।

‘बेड खाली भएर हामीले पठाएका हौं ।’ उनले भने ‘ भर्ना नगरिनु लापरवाहीको पराकाष्ट हो ।’

शुक्रबार राति करिब १० बजे अस्पताल पुगेका २७ संक्रमित प्रतिष्ठानको पार्किङ एरियामा रातभर बसेका थिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निर्देश सापकोटाले राति बेड तयार नभएका कारण शनिबार भर्ना गर्न लागिएको बताए ।

लापरवाहीको पराकाष्ठा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दुईसय बेड तयार गरेको प्रदेश सरकारले बताउँदै आएको छ ।

बिहीबार उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसहित प्रतिष्ठानका प्रतिनिधीसँग प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छलफल गरेका थिए ।

छलफलका क्रममा उपकुलपति डाक्टर गिरीले २ सय बेड भएको र त्यसमा ५० बेड खाली रहेको बताएका थिए । तर शुक्रबार पठाइएका विरामी भर्ना नगरेपछि सामाजिक विकास मन्त्री घिमिरे असन्तुष्ट बनेका छन् ।

‘ छलफलमा २०० मध्ये ५० बेड अकुपाई भयो १५० बाकीँ छ भनिएको छ ।’ घिमिरेले भने ‘ त्यहीँ भएर विरामी पठाएका थियौं, भर्ना नगरिनु लापरवाहीको पराकाष्ठा हो ।’

Loading...