झापाबाट धरान पठाइएका संक्रमित रातभर गाडीमै

बेड तयार नभएकाे बताउँदै अस्पतालले भर्ना गरेन

विराटनगर, १७ जेठ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि झापाको कचनकवल गाउँपालिकाबाट पठाइएका २७ जना कोरोना संक्रमित रातभरी गाडीमै बसेका छन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रवेश नदिएपछि गाउँपालिकाबाट पठाइएका २७ जना कोरोना संक्रमित रातभर अस्पताल भित्र गाडीमै बसेका हुन ।

उनीहरुलाई शुक्रबार राति लगिएपनि प्रतिष्ठानको पार्किङ एरियामा गाडी भित्र राखिएको हो । संक्रमितहरु रातभर केही खान पाएनन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित बसेका छन् । अस्पतालमा जम्मा ७० वटा मात्र बेड तयार रहेका कारण समस्या भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निर्देश सापकोटाले बताए ।

बीपीमा १०० बेड क्षमताको कोभिड अस्पताल बने पनि हालसम्म प्रयोगमा रहेको छैन ।

गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समसया भएको उनले बताए । ‘हामीसँग अलरेडी ६७ जना हुनुहुन्छ ।’ अरु विरामी जस्तो सहजै राख्न सकिन्न् ।’ उनले भने ‘ रातभरी लगाएर बेडको व्यवस्थापन गरेका छौं, अब भर्ना गर्छाैं ।’

Loading...