कोरोना : भारतमा ज्यान गुमाउनेको संख्या पाँचहजार नजिक

विराटनगर, १७ जेठ । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँचहजार नजिक पुगेको छ ।

वल्डोमिटरको तथ्याङक अनुसार शनिबार बिहानसम्म भारतमा कोरोनाका कारण ४ हजार ९ सय ८० जनाको ज्यान गएको हो ।

बढि संक्रमित भएको देशहरूको सूचीको नवौं स्थानमा रहेको भारतमा ८२ हजार ६ सय २७ जना उपचारपछि निको भएका छन् । ८५ हजार ८ सय बढी उपचारमा छन ।

विश्वमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । संक्रमित मध्ये २६ लाख ५६ हजार एकसय बढि उपचार पछि निको भएका छन् । ३० लाख ३ हजार ८ सय संक्रमित उपचारमा छन् । ती मध्ये ५३ हजार७ सय ३५ जनाको अवस्था गम्भिर छ ।
विश्वभर संक्रमित मध्ये ३ लाख ६६ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

Loading...