विश्वमा कोरोना साढे २६ लाख उपचारपछि निको भए, संक्रमितको संख्या ६० लाख

विराटनगर, १७ जेठ । विश्वमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । वल्डोमिटरको तथ्याङक अनुसार संक्रमितको संख्या ६० लाख २६ हजार ४ सय नाघेको हो ।

संक्रमित मध्ये २६ लाख ५६ हजार एकसय बढि उपचार पछि निको भएका छन् । ३० लाख ३ हजार ८ सय संक्रमित उपचारमा छन् । ती मध्ये ५३ हजार ७ सय ३५ जनाको अवस्था गम्भिर छ ।

विश्वभर संक्रमित मध्ये ३ लाख ६६ हजार ४ सय बढीले ज्यान गुमाएका छन् ।

संक्रमित मध्ये सबैभन्दा बढी अमेरिकामा छन् । १७ लाख ९३ हजार संक्रमित छन् । जसमध्ये एक लाख ४ हजार बढिको ज्यान गएको छ ।

Loading...