अमेरिकाले तोड्यो विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध

विराटनगर, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग सबै सम्बन्ध अमेरिकाले तोडेको घोषणा गरेका छन ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा गर्दै ट्रम्पले संगठनसँको सबै सम्बन्ध तोडेको घोषणा गरेका हुन ।

ट्रम्पले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको बताउँदै आएका थिए । उनले यसअघि नै आर्थिक सहयोग बन्द गरेका थिए ।

‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर भएन् ।’ ट्रम्पले भने ‘आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

Loading...