प्रदेश १ मा क्वारेन्टाइन : गाउँमा कामचलाउ, विराटनगरमा अट्याच बाथरुमसहितका कोठा

विराटनगर, १७ जेठ । प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या १५८ पुगेकाे छ । देशभर एक हजार २ सय १२ जनामा संक्रमण देखिएकाे छ ।

कचनकवलमा निर्माण भएकाे क्वारेन्टाइनमा बसेका स्थानीय युवा

प्रदेशका ८ जिल्ला मध्ये सबै भन्दा बढि झापामा १०७ जना छन । झापाकाे कचनकवल गाउँपालिकामा मात्र एकसय कोरोना संक्रमित भेटिएका छन । संक्रमित सबै भारतबाट आएका हुन उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

न्यूनमत मापदण्ड पूरा नभएको क्वारेन्टाइनमा एउटै कोठामा खचाखच बसेका थिए । जसका कारण क्वारेन्टाइनमै संक्रमणको जोखिम बढ्यो ।

कचनकवल गाउँपालिका मात्र होइन अन्य स्थानीय तहले बनाएका अधिबांश क्वारेन्टाइ व्यवस्थीत छैनन् । भारतबाट नेपालीहरु आउने क्रमबढेसँगै क्वारेन्टान व्यवस्थीत नहुँदा संक्रमण फैलने जोखिम बढ्दो छ ।

‘क्वारेन्टाइनको निश्चित मापदण्ड हुन्छ, मापदण्ड पालना नगरे संक्रमण फैलने जोखिम हुन्छ ।’ जनस्वास्थ्यविद डाक्टर नवराज सुब्बा भन्छन् ‘ व्यक्तीगत सरसफाईमा ध्यान दिनुपर्छ ।’

एउटै काेठामा बस्दा जोखिम बढ्ने उनले बताए । ‘बेड न्यूनत ५–६ फिटको अन्तरमा हुनुपर्छ ।’ उनी भन्छन् ‘क्वारेन्टाइनमा बस्नेलाई सावधानीका उपाय सिकाउनुपर्छ ।’

कचनकवलमा पूर्व तयारी थिएन्

कोरोना महामारी नियन्त्रणका लागि सरकारले ११ चैतबाट लकडाउन सुरु गर्यौ । लकडाउन सुरु गर्दै गर्दा स्थानीय पालिकाहरुलाई क्वारेन्टाइन बनाउन निर्देशन पनि दियो ।

केही पालिकाहरुले क्वारेन्टाइन बनाए । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले पनि क्वारेन्टाइन निर्माण गर्यो तर एउटा मात्र ।

गाउँपालिकाको अनुमान २०–२५ जना आउने थियो । यो बीचमा आएकाहरुलाई क्वारेन्टाइनमा राखेर आरडिटी गरेर घर पठाइयो ।

बैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो ।

‘हाम्रो सुरुको आकलन २०–२५ जना आउलान भन्ने थियो ।’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादव भन्छन् ‘ संक्रमितको संख्या नै एकसय पुग्यो ।’

गाउँपालिकाले आयोजना गर्ने बैठकहरुमा पूर्व तयारीका लागि आवाजहरु नउठेका होइनन् । तर सम्भावित जोखिम आकलन गर्न नसक्दा समस्या बिकराल बन्यो । भारतबाट आएकाहरुलाई नाम मात्रको क्वारेन्टाइनमा राखियो ।

हतार हतार विद्यालयलाई क्वारेन्टाइन बनाउँदा संक्रमणको स्रोत क्वारेन्टाइन बने । क्वारेन्टाइनको एउटै कोठामा १० जनासम्म बसेको स्वास्थ्य शाखा प्रमुख यादव स्वीकार गर्छन् ।

झापाका स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरेका छन् । तर अहिलेको अवस्थामा सबै क्वारेन्टाइन सुधार गर्नुपर्ने अवस्थाको रहेको झापाका प्रहरी प्रमुख कृष्ण कोइराला बताउँछन् ।

विराटनगरमा एट्याच बाथरुमसहितका काेठा

भारतबाट आएकाहरुलाई राख्न स्थानीय सरकारले आफ्नो क्षमता अनुसार क्वारेन्टाइन बनाएका छन् । सामुदायकि विद्यालय प्रयोग गरी बनाइएका क्वारेन्टाइन कामचलाउ मात्र छन् ।

विराटनगर महानगरपालिकाले एट्याच बाथरुमसहितको क्वारेन्टाइन तयार गरेको छ । क्वारेन्टाइनमा वाइफाइकाे सुविधा पनि छ ।

विराटनगरको मारवाडी सेवासदन, अतिथी सदन, काली सेवासदन, रामजानकी सेवा सदनका कोठाहरु क्वारेन्टाइनका लागि तयार गरेको हो ।

‘हामीले क्वारेन्टाइनका लागि तयार गरेका कोठा एटेज बाथरुमसहितका छन् ।’ विराटनगरका मेयर भीम पराजुली भन्छन् ‘ २२० बेड तयार गरेका छौं ।’ महानगरको क्वारेन्टाइन व्यवस्थीत रहेको पराजुलीले बताए ।

प्रदेशमा ८ हजार बेड

भारतबाट आउनेलाई राख्नका लागि स्थानीय सरकारले ८ हजार ३ सय ३८ बेडको क्वारेन्टाइन तयार पारेको छ ।

३५८ स्थानमा सो संख्याको बेड तयार भएको छ । क्वारेन्टाइनमा ३ सय ७७ महिलासहित २हजार २ सय ७९ जना बसिरहेका छन् ।

Loading...