विराटनगरको काली मन्दीर धर्मशालामा क्वारेन्टाइन बनाउँदा स्थानीयको विरोध

मेयर भन्छन् – विराटनगरमा नराखे काहाँ राखौं ?

विराटनगर, १६ जेठ । विराटनगरको मेनरोडमा रहेको काली मन्दीरको धर्मशालामा क्वारेन्टाइन बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

भारतबाट आएकाहरुलाई राखेपछि स्थानीयले विरोध गरेका हुन ।

भारतबाट आएकालाई राख्न महानगरपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो । विराटनगरका मारवाडी सेवा सदन, अतिथी सदन, जानकी सेवा सदनमा धर्मशाला बनाउँदा आपासका स्थानीयले विरोध गरेनन् । तर काली मन्दीरको धर्मशालामा क्वारेन्टाइन बनाउँदा स्थानीयले विरोध गरेका हुन ।

मेयर भन्छन् – विराटनगरमा नराखे कहाँ राखौं

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगरमा मान्छेलाई राख्न क्वारेन्टाइन बनाइएको बताउँछन् ।

‘विराटनगर प्रदेशको राजधानी हो । यहाँका मान्छेलाई नराखे कहाँ राख्ने ’ उनले भने ‘ क्वारेन्टाइन सुरक्षित स्थान हो ।’ उनले क्वारेन्टाइनकाे विराेध गर्नुकाे कुनै अाैचित्व नरहेकाे बताए ।

Loading...