गृहमन्त्री बादलको राजीनामा माग

काठमाडौं, १६ जेठ । रुकुमपश्चिम चौरजहारी घटननाको विषयलाई लिएर नेपाल दलित विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ मा घटेको घट्नाको सरकारले गम्भीर रूपमा नलिएको बताउँदै नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा माग गरेका हुन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष विश्वकर्मा राजीनामा माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्वअध्यक्ष मञ्जित ताम्राकारले २१औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनीय भएको बताए ।

Loading...