‘सामाजिक दुरी’ लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

विराटनगर, १६ जेठ । कोरोना भाइरसको महामारी फैलिएको बेला संक्रमणको जोखिम घटाउनका लागि सामाजिक दूरी एकदम महत्वपूर्ण मानिन्छ ।

यसै विषयवस्तुमा आधारित रहेको सामाजिक दूरी बोलको गीत सार्वजनिक भएको छ । गीतलाई लिरिकल भिडियोको शैलीमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भविन ढुंगानाको शब्द, संगीत तथा स्वोर रहेको गीतलाई अमृत के भट्टले मिक्सिंग र मास्टरिङ्ग गरेका हुन् ।

गीतले यस्तो कठिन समयमा सबैले मिलेर महामारी विरुद्ध लड्नु पर्ने र सामाजिक दूरी कायम गर्नु पर्ने संदेश दिएको छ ।

Loading...