पचास जना कोरस डान्सरलाई सागर लम्साल ‘बले’ले दिए राहत

विराटनगर, १६ जेठ । कलाकार सागर लम्साल ‘बले’ले लकडाउनले प्रभावित भएका डान्सरहरूलाई सहयोग गरेका छन् ।

नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारहरूलाई उनले राहत प्रदान गरेका हुन् ।

उनले लकडाउनको ६६ दिनमा काम गरी खान नपाएपछि समस्यामा परेका करिब पचास जना कोरस डान्सरलाई उनले राहत वितरण गरेको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका हुन् ।

उनले गाह्राे परेका ५० जना भाइ बहिनिहरूलाई पाँच सय केजी, चामल, एक सय केजी दाल र एक सय लिटर तेल वितरण गरेका हुन् ।

आउदा दिनहरूमा पनि आफुले सक्ने सहयोग जारी राख्ने बताउँदै एक बोलिमा यति धेरै सहयोग गरिदिनु हुने शिखर दिप एग्रो कम्पनिका भ्यालि ईन्चार्ज सुरेश मानन्धर सरलाई धन्यवाद दिएका छन् ।

Loading...