birat ribon

महानगर चेम्बरद्धारा मनमोहन मेमोरीयल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Neuro
महानगर चेम्बरद्धारा मनमोहन मेमोरीयल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडाैं, १६ जेठ । काठमाडाैं महानगर चेम्बरले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

cura insider

महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएकोे हाे ।

चेम्बरले पीपीई पाँच थान, गमबुट पाँच जोर, गमबुट कभर पाँच जोर, थर्मल गन दुई थान, सर्जिकल मास्क एक हजार थान, फेस सिल पाँच थान, सर्जिकल क्याप एक हजार थान, सर्जिकल ग्लोभ्स एक सय थान र एन ९५ मास्क दुई थान सहयोग गरेको छ ।

मनमोहन मेमोरियल मेडिकल कलेजले कोरोना भाइरस नियन्त्रण कार्यमा सहयोग गर्दै आएको छ ।

jackson ribon