आज थप १ सय ७० जनामा कोरोना संक्रमण, १२ सय नाघ्यो संक्रमितको संख्या

विराटनगर, १६ जेठ । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १२ सय १२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार आज थप १ सय ७० जनालाई कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार आज संक्रमण हुनेहरू १ सय ६५ जना पुरुष र छ जना महिला रहेका छन् ।

जसमा झापाका २८ जना, सप्तरीका ४ जना, बाराका ४, पर्साका ५, पाटनका १, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ३६, नवलपरासीका २, राैतहटका ५६, सर्लाहीका ४, रूपन्देहीका १६ र दाङका २ जना रहेका छन् ।

नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे छ । यस्तै यसबाट निकाे हुनेकाे संख्या २ सय ६ रहेकाे छ ।

Loading...