कोरोनाबाट निको हुनेको संख्या २ सय ६ पुग्यो

विराटनगर, १६ जेठ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ सय ६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार आज थप १९ जना निकाे भएसँगै कोरोना जित्नेको संख्या २ सय ६ पुगेकाे हाे ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज निको हुनेहरू टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना दाङबाट ८ जना र युनिफाइड अस्पतालबाट २ जना रहेका छन् ।

Loading...