फिल्म ‘मङ्गलम’ डिसहोममार्फत प्रसारण हुने

विराटनगर, १६ जेठ । फिल्म ‘मङ्गलम’ डिसहोममार्फत प्रसारण हुने भएको छ । कोरोना भाइरसका कारण फिल्म हलहरू बन्द भएका कारण दर्शकहरूलाई मनोरञ्जनका लागि फिल्मलाई डिसहोममार्फत प्रसारण गरिने भएको हो ।

फिल्म मङ्गलम १६ जेठ अर्थात् आजबाट टेलिभिजनमा आउने भएको छ । डिसहोमको च्यानल नम्बर १०८ बाट फिल्म प्रसारण हुन लागेको हो ।

नवल नेपालको निर्देशनमा तयार भएको फिल्मलाई छबिराज ओझाले निर्माण गरेका छन् । फिल्मलाई छबिराज प्रोडक्सनको ब्यानर तथा गुन सिनेमा प्राईभेट लिमिटेडले प्रस्तुत गरेको हो ।

फिल्ममा अभिनेत्री शिल्पा पोखरेल, साम्राज्ञी राज्यलक्ष्मी, पुष्पल खड्का, पृथ्वीराजलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

गोविन्द फुँयालको कथामा निर्माण भएको फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा दीपक शर्माको संगीत रहेको छ । हलमा सार्वजनिक भएको फिल्मले दर्शक र समिक्षकको राम्रो साथ पाएको थियो ।

Loading...