गर्मीमा सेनिटाइजरको प्रयोगमा लापरवाही गरे आगलागी निम्तिन सक्छ

एजेन्सी, १६ जेठ । कोरोना भाइरसको प्रकोप बढेपछि बजारमा ह्यान्ड सेनिटाइजरको माग अचानक बढेको छ ।

एक समयमा बजारमा सेनिटाइजरको अभाव पनि थियो ।

मानिसहरूले ह्यान्ड सेनिटाइजरहरू पहिले पनि प्रयोग गरेका हुन् तर, अब सेनिटाइजरको प्रयोग बढिरहेको कारणले खतराहरू पनि बढ्दै छन् ।

सेनिटाइजर बनाउनका लागि रासायनिक पदार्थहरू प्रयोग गरिन्छ ।

यसमा प्रयोग हुने सबै रसायनहरू ज्वलनशील (छिट्टै आगो लाग्न सक्ने) हुन्छन् ।

रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का अनुसार, एक प्रभावकारी सेनिटाइजरमा ७० प्रतिशत अल्कोहल हुनु पर्छ ।

अल्कोहलले एक ज्वलनशील पदार्थको रूपमा पनि काम गर्छ ।

सेनिटाइजरले सानो आगोको स्पार्क भेट्टाउँदा वा धेरै तातो हुदा तुरुन्तै आगो समात्ने सम्भावना हुन्छ ।

सेनिटाइजरको प्रयोगपछि भान्सामा काम गर्न जाँदा आगोले पोलेको तथा आगो लागेको समचारहरू पनि धेरै पढ्नका आए ।

यस कारणले गर्दा, सेनिटाइजरलाई गर्मी मौसम तथा आगोको छेउछाउमा हुँदा सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । सेनिटाइजरको प्रयोगअघि ध्यानमा राख्नुपर्ने कुराहरू :

  • हातहरू पूर्ण रूपमा सुक्खा भएको बेलामा मात्र सेनिटाइजर प्रयोग गर्नुपर्छ । सेनिटाइजर प्रयोग गरेर हातहरूसुख्खा नभएसम्म आँखामा हात लाने तथा खाने गर्नु हुँदैन साथै सेनिटाइजरलाई कपडाले पुछेर हात सुक्खा गर्नु हुँदैन ।
  • औंलाहरू बीच तथा नङको वरिपरि हुने खाली ठाउँमा कीटाणुहरू धेरै हुने हुँदा त्यस्ता ठाउँमा पुग्नेगरी सेनिटाइजर प्रयोग गर्नुपर्छ ।
  • सेनिटाइजरको प्रयोग गर्दा आफ्नो लुगामा पार्नु हुँदैन । यदि कुनै पनि कारणले सेनिटाइजर लुगामा खस्छ भने तुरून्त कपडा बदल्नुपर्छ । विद्युतीय स्विच, बत्ती वा अन्य ज्वलनशील सामग्री राखिएको ठाउँमा सेनिटाइजर राख्दा दुर्घटना हुन सक्छ ।
  • घरमा धेरै साना बच्चाहरू भए सेनिटाइजरलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्छ । साना केटाकेटीहरूले सेनिटाइजर मुखमा, आँखामा राखी आफैँलाई नोक्सान गर्न सक्छन् ।
  • धूम्रपान गर्दा सेनिटाइजरको बोतल नजिक हुनु हुँदैन । अन्यथा गर्मी मौसममा थोरै लापरवाहीले पनि ठूलो आगो निम्त्याउन सक्छ ।
  • कारमा सेनिटाइजर प्रयोग गर्नु कुनै नराम्रो कुरा होइन तर । गर्मीमा अधिक सतर्क हुनु पर्छ । गाडी भित्रको ईन्जिनले गर्दा उत्पन्न हुने गर्मीबाट सेनिटाइजरलाई टाढा राख्नुपर्छ ।
Loading...