अनुष्का भन्छिन्- पाताल लोकमा देखाइएको कथाहरूमा सत्यता छ

विराटनगर, १६ जेठ । बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको भारतीय वेव सिरिज ‘पाताल लोक’ विवादमा तानिएको थियो । सिरिजले नेपाली चेलीको अपमान गरेको भन्दै नेपालमा आवाज पनि उठाइएको छ ।

भारतीय मिडियासँग कुरा गर्दै अनुष्काले पाताल लोकले देखाउन चाहेको कथामा सत्यता रहेको बताएकी छिन् ।

साथै, उनले पर्दामा देखा पर्ने कथाहरूमा उनी सधैं सत्य रहने र पछिसम्म जारी राख्ने बताइन् ।

अनुष्काले भनिन्, ‘पाताल लोकले कुनै पनि अपराधीलाई सकारात्मक मानवीय तरिकाले देखाउन खोजेको छैन । तर, मानिसको पछाडि एउटा कहानी पनि हुन्छ भनेर देखाउन खोजेको हो । उसलाई जस्तो तरिकाको व्यवहार गरिन्छ, ऊ सोहीअनुसार नै समाजमा चित्रित हुन्छ ।’

पाताल लोकप्रति श्रोताको राम्रो तथा नराम्रो प्रतिक्रियाबाट अभिभूत रहेको र भविष्यमा पनि त्यस्तो प्रशंसाको आशा गरिरहेको अनुष्का बताउँछिन् ।

साथै अनुष्काले पाताल लोकको सिजन २ आउने सम्भावनामाको समेत संकेत गरेकी छिन् ।

अनुष्काले, नेपाली चेलिबेटीको बिषयमा दिइएको गालिको विषयमा केही पनि बयान दिएकी छैनन् ।

Loading...