मुस्ताङको लोमान्थाङमा बीओपी स्थापना

म्याग्दी, १६ जेठ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बीओपी स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेशसभा सदस्य इन्द्रधर विष्टको संयुक्त साझेदारीमा चीनसँग सीमा जाडिएकाे नेचुङमा बीओपी स्थापना गरिएकाे हाे ।

चीनसँग मुस्ताङको १३४.१६ किलोमिटर सीमा जोडिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार कोरला नाकामा सबै पूर्वाधार नबनिदासम्म बीओपी नेचुङमै रहने छ ।

नेचुङमा रहने सीमा सुरक्षा पोस्ट स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना प्रहरी राखिएको छ ।

नेचुङस्थित भन्सार तथा क्वारेन्टाइन कार्यालयको भवनमा दुई कोठा छोडेर बाँकी कोठामा सशस्त्र प्रहरी राखिएको छ ।

दार्चुलाको छाङरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको १०७ औं सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको थियो ।

भारत र चीनको सीमा जोडिएका १ सय २२ स्थानमा सरकारद्धारा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ ।

Loading...