प्रदेश सांसदलाई १० करोड बजेट दिन माग

विराटनगर , १६ जेठ । प्रदेश नं १ का सांसदहरुले प्रत्येक सांसदलाई दश करोड बजेट बिनियोजन गर्न माग गरेका छन ।

शुक्रबार प्रदेश नं १ सभाको बैठकमा बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सांसद काजीमान कागतेले प्रत्येक सांसदलाई आगामी बजेटमा १० करोड बिनियोजन गर्न माग गरेका हुन ।


इलामबाट निर्वाचित सत्ताधारी दल नेकपाका सांसद कागतेले सांसद विकास कोषको रकमले निर्वाचन क्षेत्रमा प्रभावकारी बिकास भएको र समयमै खर्च हुन सकेको भन्दै आगामी बजेटमा कटौती हैन थपेर १० करोड बनाउन माग गरे ।

उनले सरकारले बजेट बिनियोजन गरेर पनि खर्च गर्न नसकेको तर सांसदहरुले योजना बनाएर प्रभावकारी ढंगले खर्च गर्न सफल भएको दाबी गरे ।

सांसद कागते सांसद विकास कोषमा भ्रष्टचार भएको भन्ने कुरा मिडियाले उठाएको हल्ला मात्रै भएको आरोप लगाए । उनले भने , ‘मिडियाले कहाँ कहाँ के कति सांसद कोषको रकम दुरुपयोग भयो तथ्यसँग देखाउनुपर्छ बदनाम गराउन दोष देखाएर मात्र हुदैन ।’,


इलामकै नेकपा प्रदेश सांसद खिनुलङवा लिम्बुले पनि निर्वाचन क्षेत्र र सांसद विकास कोषको बजेट बढाउन माग गरिन । दुबै कोषको रकम प्रभावकारी ढंगले खर्च भएको उनले पनि संसदमा दाबी गरिन ।

Loading...