सिरी ‘ए’ सुचारु गर्नु मूर्खता

एजेन्सी, १६ जेठ । इटालियन शीर्ष डिभिजन लिग ‘सिरी’ आगामी २० जुनबाट सुचारु हुने पक्का भएको छ । इटालीका खेलकुदमन्त्री भिसेन्जे स्पाडाफोराले सिरी ‘ए’ २० जुनबाट सुचारु गर्न अनुमति दिएका हुन् ।

इटालियन प्रधानमन्त्री गिउसेप्पे कोन्टेसँको छलफलपछि खेलकुदमन्त्री स्पाडाफोराले बिहीबार लिग जारी गर्न अनुमति दिएका हुन् । यसैगरी उनले कोपा इटालियाको सेमिफाइनल खेल पनि १३ जुनबाट गर्न अनुमति दिएका छन् ।

यसअघि इटालियन फुटबल संघले पनि सिरी ‘ए’लाई खेलमा फर्किन अनुमति दिएको थियो । सिरी ‘ए’ गत मार्चबाट कोरोनाका कारण स्थगित छ ।

सिरी ‘ए’ सुचारुका लागि ‘ग्रीन सिग्नल’ पाए पनि ब्रेस्किया क्लबका अध्यक्षले भने २० जुनबाट लिग सुचारु गर्नु मूर्खता भएको टिप्पणी गरेका छन् । सिरी ‘बी’ क्लब ब्रेस्कियाका अध्यक्ष सिरी ‘ए’ आगामी महिनाबाट सुचारु गर्ने गलत निर्णय भएको बताएका हुन् ।

‘बीबीसी’सँगको कुराकानीमा उनले भने, ‘सिरी ए सुचारु गर्नु मूर्खता हो, यो खेलाडीको स्वास्थ्यमा खेलवाड हो । हामीले २ महिनादेखि प्रशिक्षण स्थगित गरेका छन् । आगामी महिनादेखि नै सुचारु गर्दा खतरा हुनसक्छ, खेलाडी घाइते हुनसक्छन् । जर्मनीमा भन्दा यहाँ डरलाग्दो स्थिति छ ।’

Loading...