विद्यालय खुलेको केही दिनमै दक्षिण कोरियाका करिब २ सय ५१ विद्यालय बन्द

एजेन्सी, १६ जेठ । दक्षिण कोरियामा फेरी पनि कोरोनाका नयाँ संक्रमित भेटिएपछि त्यहाँ करिब २ सय ५१ विद्यालय बन्द भएका छन् ।

संक्रमितको संख्यामा कमी आएपछि केही दिनअघि खोलिएको स्कुलहरू संक्रमण बढेसँगै बन्द भएका हुन् ।

२४ घण्टामा दक्षिण कोरियामा कोरोनाका ५६ नयाँ संक्रमित रेकर्ड गरिएका छन् । अघिल्लो दिन ७९ संक्रमित भेटिएका थिए जुन पछिल्लो दुई महिनायता सबैभन्दा धेरै रहेको थियो ।

यीमध्ये धेरैजसो संक्रमित पश्चिम कोरियाको बूचनमा भएको एक डिस्ट्रिब्यूशन सेन्टरमा पाइएको छ । बूचन बाक्लो जनसंख्या भएको इलाका भएका कारण अधिकारीको चिन्ता बढेको बताइएको छ ।

बूचनमा देशको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कूपांगको कार्यालयले कोरोना संक्रमण फैलनबाट रोक्नका लागि आवश्यक सावधानी नअपनाएको अधिकारिहरू बताउँछन् ।

स्वास्थ्य अधिकारीका अनुसार कामदारको जुत्ता र कपडामा कोभिड–१९ भाइरसको केही नमुनाहरू भेटेका थिए ।

पूरा देशभरि यो सेन्टरका कर्मचारीको सम्पर्कमा आएका सबै व्यक्तिलाई ट्र्याक गरेर उनीहरूको परीक्षण गरिँदैछ ।

Loading...