विदेशी खादयबस्तु आयातमा प्रतिबन्ध लगाउन माग

विराटनगर , १६ जेठ । प्रदेश नं १ सांसद उमिता बराईलीले बिदेशबाट खादयान्न र कृषी उत्पादन आयातमा पुर्ण रोक लगाउन माग गरेकी छन ।

प्रदेश नं १ को आगामी बजेटको सिद्धान्तमाथि शुक्रबार बोल्दै सांसद बराइलीले कोरोनापछि देशमा उत्पन्न वेरोजगार अवस्थालाई ख्याल गर्दै विदेशबाट खादय बस्तु आयत गर्न रोक लगाउन माग गरेकी हुन ।

उनले पालिका स्तरमा अस्पताल निर्माण गर्न र सरकारी बिद्यालयको पढाई गुणस्तरिय शिक्षाकालागि बजेट बिनियोजन गर्न माग गरिन ।

उनले सरकारी बिद्यालय भौतिक र जनशक्त्तिले सम्पन्न भएपनि पद्धती नहुँदा गुणस्तरिय शिक्षा प्राप्त नभैसकेको बताइन ।

उनले स्थानिय उत्पादनलाई प्राथमिकता दिदै त्यसको स्वदेशी प्रयोगमा नीति बनाउन माग गरिन ।
सांसद वराइलीले दलित समुदायको सबैखाले शसक्त्तिकरण गराउने खालेको कार्यक्रम ल्याउन माग गरिन । मुसहर समुदायकालागि बिशेष प्राथमिता दिनुपर्छ भनिन ।

उनले खेती योग्य भूमी घडेरीमा परिणत भैरहेकोमा चिन्ता व्यक्त्त गर्दै रोक्न माग गरिन ।

Loading...