विराटनगर, १६ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देहीमा १३ बर्षिया दलित बालिकामाथि भएको अमानविय घटनाको निन्दा गर्दै प्रभावकारी अनुसन्धान गरेर दोषीलाई कार्वाही गर्न आग्रह गरेको छ ।
शुक्रबार आयोगका सचिव वदेप्रसाद भटराईले बिज्ञप्ती जारी गर्दै रुपन्देहीको देवदह नगरपालिका–११ की १३ वर्षीय बालिकामाथि ९ र १० जेठ भएको बलात्कारको घटना र उनको शङ्कास्पद मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाउदै प्रभावकारी अनुसन्धान र दोषीलाई कार्वाहीकालागि सरकारलाई आग्रह गरेका हुन ।
आयोगका अनुसार १३ बर्षिया बालिका बलात्कार गर्ने दोषीलाई कानुनी कारवाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधि समेतको रोहवरमा आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाइएको थियो ।
तर आरोपितका आफन्तले अन्तरजातीय भन्दै बालिकालाई घर भित्रिन नदिएपछि बालिका अंगिरा पासीको शङ्कास्पद मृत्यु भएको थियो ।
घटनाको प्रदेश नं ५ को कार्यालयले स्थलगत अनुगमन गरिरहेको मानव अधिकार आयोगले जनाएको छ।
यसैगरि आयोगले समाजमा श्रृंखलावद्ध रुपमा भैइरहेका बाल अधिकार र जातीय विभेद विरुद्धको घटनामा ध्यानआकर्षण गर्दै सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।
अयोगका अनुसार नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हक, धारा २४ माछुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा १८ मा समानताको हक, धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित छ ।
यसैगरि बालबालिका सम्बन्धी ऐन २०७५, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भ्ेदभाव ९कसुर र सजाय० ऐन २०६८, नेपाल पक्ष भएका बालअधिकार सम्बन्धी महासन्धि १९८९, सबै किसिमका जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ तथा महिलामाथि हुने सबै प्रकारका भेदभाव विरुद्धको महासन्धि १९७९ अनुसार जातिय बिभेद र हिँसाका घटना कानुन विपरित छन ।
अयोगले पश्चिम रुकुममा १० जेठमा अन्तर्जातिय विबाहको बिषयमा भएको ७ जना युवाहरुको घटनावारे पनि ध्यान आर्कषण गराउदै निष्पक्ष अनुसन्धान गरि दोषीलाई कानुनी कार्वाही गराउन माग गरिसकेको छ ।