कोरोनाका कारण चीनभन्दा भारतमा धेरैको मृत्यु

एजेन्सी, १६ जेठ । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकले कोरोना भाइरसको कारण भारतमा चीन भन्दा धेरै मृत्यु भएको देखाएको छ ।

हालसम्म भारतमा कोरोनाका कारण ४ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ भने चीनमा ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको ड्यासबोर्डका अनुसार भारत कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संक्रमित देशहरूको सूचीमा नवौं स्थानमा छ ।

ड्यासबोर्डका अनुसार भारतमा कोरोनाबाट १ लाख ६५ हजार ३ सय ८६ जना संक्रमितहरू रिपोर्ट गरिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७ हजार ४ सय ६६ नयाँ संक्रमित फेला परेका छन् ।

एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको लागि अहिलेसम्मकै उच्च रहेको छ ।

भारतमा अहिलेसम्म ७१ हजार १ सय ६ संक्रमित सफल उपचार पछि निको भएर घर फर्किएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्यमा महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश र विहार परेका छन् ।

केही विज्ञहरूका अनुसार आगामी दुई महिनाभित्र भारतलाई कोरोनाले हटस्पट बनाउन सकिने अनुमान गरेका छन् ।

Loading...